काठमाडौं / निषेधाज्ञाको समयमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकका लागि घरैमा स्कुटर पु¥याउने सुविधा उपलब्ध छ । प्योर र्ईभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले यो व्यवस्था गरेको बताएको छ । हाल प्योर ईभीका दुई इलेक्ट्रिक स्कुटर ईट्रान्स र ईप्लुटो स्कुटरमा यो सुविधा उपलब्ध छ । त्यसैगरी नयाँ वर्ष २०७८ को अवसरमा उपलब्ध क्यासब्याक अफर समेत यसमा उपलब्ध हुनेछ । ईट्रान्सको मूल्य २ लाख २९ हजार रुपैयाँ भएकोमा १० हजार क्यासब्याक र ईप्लुटोको मूल्य २ लाख ४९ हजार रुपैयाँ भएकोमा १५ हजार क्यासब्याक पाइने छ । यसको अर्थ यी स्कुटर क्रमशः २ लाख १९ हजार र २ लाख ३४ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
तर फ्रन्टलाइनरहरुका लागि भने यसमा पनि थप १० हजार रुपैयाँ छुट गरिएको छ । अब उनीहरुका लागि यी स्कुटरको मूल्य क्रमशः २ लाख ९ हजार र २ लाख २४ हजार हुनेछ । ह्वाइट लोटस मोटर्सका प्रबन्ध निर्देशक अशोक खड्गी भन्छन्, ‘हामीले यस्तो कठिन अवस्थामा पनि कोभिड–१९ संक्रमण घटाउन फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई सेवाभावको समेत मान्यता लिएर यो स्किम ल्याएका हौ । यसले गर्दा वातावरणमैत्री सवारी साधन सहुलियत दरमा उपलब्ध गराएर केही योगदान गर्न सक्छौ भन्ने हाम्रो मान्यता हो ।’विभिन्न स्थानमा रहेका प्योर ईभीका सोरुममार्फत यी सुविधा उपलब्ध हुनेछ । काठमाडौं उपत्यकामा ललितपुरको गावहाल, काठमाडौंको टेकु, भक्तपुरको लोकन्थली र उपत्यका वाहिर कावासोती, चितवन, बुटवल, पोखरा, इटहरी, विर्तामोड र दमकमा यो सुविधा उपलब्ध हुनेछ ।