२०८१ मंसिर २४ सोमबार

बिटक्वाइन करेन्सीकाबारेमा अचेलभोलि धेरै चर्चा भइरहेको छ । नेपालमा पनि बिटक्वाइन र माइनिङ शब्द प्रख्यात हुँदैछ । बिटक्वाइनको कारोबारमा ठूल्ठूला हस्तिको नाम जोडिनुले पनि सर्वसाधारणको कान ठाडो हुनु स्वाभाविक नै हो । नेपाल प्रहरीले हालसालै बिटक्वाइनका कारोबारीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि त मिडियाहरुमा बिटक्वाइनको छलफल छताछुल्ल भएको छ । अझै धेरैजसोलाई बिटक्वाइनका बारेमा थाहा नहुन सक्छ, यो बिषय रहस्यमय नै लाग्न सक्छ ।
के हो बिटक्वाइन ?
बिटक्वाइन सजिलो भाषामा बुझ्दा एक मुद्रा हो, जसको अस्तित्व ८ बर्ष अगाडि मात्र प्रकाशमा आएको हो । बिटक्वाइन भर्चुअल मुद्रा हो । भर्चुअल अर्थात् आफ्नै हातले छुन नसकिने । यसको अस्तित्व भर्चुअल दुनियाँ अर्थात् इन्टरनेटमा मात्र रहन्छ । तर जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ त्यसरी नै यो मुद्राले पनि सामान खरिद बिक्री गर्न सकिन्छ । १ बिटक्वाइनको मूल्य बराबर लाखौं नेपाली रुपैंयाँ भएपनि बिटक्वाइन एक ओपन सोर्स सफ्टवेरमा आधारित भएकोले आफंैले बनाउन (माइनिङ गर्न) सकिन्छ । एक मुद्रा सीमित देशमामात्र चल्छ भने बिटक्वाइनको माध्यमबाट विश्वका अधिकांश मुलुकबाट सामान खरीद तथा बिक्री गर्न सकिन्छ ।
कसरी सुरु भयो ?
यसको सुरुआत् कसले ग¥यो भन्ने पत्ता लागेको छैन । सतोष नाकामतो भन्ने व्यक्तिले सन् २००९ तिर यो सफ्टवेर लन्च गरेका हुन् जसलाई सुरुमा अनलाइन गेम खेल्न रमाइलोको रुपमा प्रयोग हुने गथ्र्यो । तर पछि बिस्तारै अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरुले यसको प्रयोग गर्न थाले । बिस्तारै यसको क्षमता मानिसहरुले बुझ्न थाले । अब कागजको नोटको साटो यस्तो मुद्रा चल्ने भन्ने समाचार व्यक्ति व्यक्तिमा फैलियो । पछि काम लाग्दछ भन्दै मानिसहरूले बिटक्वाइन सञ्चित गर्न थाले । जब बजारमा यसको माग धेरै भयो तब यसको मूल्य बढ्दै गयो र यसले विश्वव्यापी रुपमा मुद्राको रुप लियो ।
बिटक्वाइनको मूल्य कति ?
संसारको सबैभन्दा महँगो मुद्रा भन्दा पनि धेरै बढि महँगो छ यो मुद्र्रा । यसलाई विश्वव्यापी मान्यता दिइने हो भने बिटक्वाइन नै विश्वको महँगो मुद्रामा दर्ता हुने थियो । यसको अहिलेको मूल्यअनुसार १ बिटक्वाइन बराबर करिब १६ हजार ४५० अमेरिकी डलर सटही दर कायम छ,जसको नेपाली दर करिब १६ लाख ७० हजार जति हुन्छ ।
बिटक्वाइन राख्ने बैंक
जसरी भौतिक मुद्रा बैंकमा राखिन्छ त्यसरी बिटक्वाइनलाई बैंकमा वा आफ्नो पर्समा राख्न सकिन्न । यसलाई कम्प्युटरमा राख्नुपर्छ जसलाई बिटक्वाइन वालेट वा ब्लकचेन भनिन्छ । उपभोक्ताले बिटक्वाइन वालेटको एप्लिकेशन कम्प्युटर वा मोबाइलमार्फत चलाउन सकिन्छ । यसको लागि बिटक्वाइन वालेटको खाता र पासवर्ड हुन जरुरी छ । उपभोक्ताले बिटक्वाइन एकाउन्ट सजिलै रजिस्टर गरेर बनाउन सकिन्छ । आफ्नो खातामा भएको बिटक्वाइन अरुकोमा पठाउन, पाउन, सामान किनबेच गर्न पनि यसै खाताको प्रयोग गर्नुपर्छ ।
बिटक्वाइनको प्रयोग
कुनै एक मुद्राबाट अर्को मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाईन्छ । बिटक्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाईन्छ । बिटक्वाइन सुरुमा निर्माण भएको पद्धतिलाई माइनिङ भनिन्छ । माइनिङ गरेर अझै पनि बिटक्वाइन प्राप्त गर्न सकिन्छ । तर पहिलेजस्तो धेरै बिटक्वाइन अहिले माइनिङबाट आउँदैन । माइनिङबाट धेरै समय लगाएर थोरै बिटक्वाइन आउने हुँदा सबैका लागि फाइदा नहुन सक्छ ।
माइनिङ के हो ?
बिटक्वाइन सिर्जना गर्न नियम लागू हुनुपर्छ । माइनिङ भनेको जसरी खजाना खनिन्छ त्यसरी नै हाम्रो कम्प्युटरको सि.पि.युको मार्फत बिटक्वाइन माइनिङ गरिन्छ । बिटक्वाइन माइनिङको दौरान आफ्नो सि.पि.यु.को प्रयोग क्षमता अनुसार बिटक्वाइनका सानासाना मुद्रा जम्मा गर्छ जसलाई सटोशी भनिन्छ । १ बिटक्वाइनमा १० करोड सतोशी हुन्छ । माइनिङलाई आफ्नो कम्प्युटरले माइनिङ खासै नधान्ने भएकोले शक्तिशाली माइनिङ मेसिनको समेत प्रयोग गरिन्छ । सुरुवातमा माइनिङबाट १० मिनटमा ५० बिटक्वाइन निस्कन्थ्यो । हरेक चार वर्षमा प्रति १० मिनेटमा सिर्जना हुने बिटक्वाइनको संख्या आधा हुँदैजान्छ । दोस्रो चार वर्षमा यो प्रति १० मिनट २५ बिटक्वाइन थियो भने अहिले प्रति १० मिनेट १२.५ बिटक्वाइनमा झरेको छ । विश्वमा २ करोड १० लाख बिट क्वाइन सिर्जना भएपछि नयाँ बिटक्वाइन सिर्जना हुन बन्द हुनेछ । त्यो समय आउन अझ १२५ वर्ष बाँकी छ । अहिलेसम्म कुल बिटक्वाइनको ७५ प्रतिशत सिर्जना भइसकेको छ ।
वैधताको प्रश्न
बिटक्वाइनको बैधतामा प्रश्न यसको सिर्जना भएदेखि नै भएको हो । कुनै पनि मुलुकले स्प्रितिलाई सन्तुलन राख्न आफ्नो मुद्रा असीमित छाप्दैन, त्यसैगरि बिटक्वाइनको पनि सीमितता छ । बिटक्वाइनमा विश्वभरिका कम्पनीले अर्बौ डलर लगानी गरेका छन् । कम्तीमा ४८ मुलुकमा बिटक्वाइन एक्सचेञ्जमार्फत हुने पूँजीगत नाफामा सरकारले पूँजीगत कर लिने गरेको छ । खुला बजारको सम्बन्धमा धेरै देशले अमेरिकी नीति हेरेर आन्तरिक नीति बनाउने गर्दछन् । अमेरिकामा बिटक्वाइनमा पूँजीगत लाभकर लिईन्छ । विश्वका सरकारहरूले कसरी नियमन गर्ने भन्ने सोचिरहेका छन् । अन्य मुलुकमा बिटक्वाइलाई जसरी व्याख्या गरे पनि नेपालमा यसलाई अवैध मुद्राका रुपमा लिइन्छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । बिटक्वाइन कारोबारलाई करको दायराभित्र ल्याउन पनि मुस्किल छ । नेपालमा सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग भइरहेको अवस्थामा बिटक्वाइनको कारोबार यहाँ हालको परिस्थितिमा जटिल नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय