२०८२ कार्तिक ९ आईतवार

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहजस्ता शुभ दिनहरुमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयस्थित मनोज छिदालले मातातिर्थ औंसीको अवसरमा आफ्नो आमालाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

आफ्नो उच्चशिक्षाको लागि अष्ट्रेलिया रहेका छिदाले मातातिर्थ औंसीको अवसरमा आमा देवीमाया परियारलाई १० लाख रुपैयाँको रिलायबल वार्षिक समुन्नति बीमा योजना उपहार दिएका हुन् ।

रिलायबल नेपाल लाइफको आँबुखैरेनी शाखा प्रमुख सुनिल श्रेष्ठ,एजेन्सी म्यानेजर उषा थापा, अभिकर्ता लाल बहादुर राना, कर्मचारी, संगिता गुरुङ लगायतकाको उपस्थितीमा छिदालको आमालाई बमिा पोलिसी उपहार दिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर