२०८२ माघ २१ बुधबार

काठमाडौं । नेपाल बिमा प्राधिकरणले १४ वटा जीवन बिमा कम्पनीको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पुस मसान्तसम्म यी कम्पनीहरूले कुल २१ अर्ब ६४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

यस अवधिमा नेपाल लाइफ सबैभन्दा धेरै बिमाशुल्क आर्जन गर्ने कम्पनी बनेको छ, जसले ५ अर्ब ९९ करोड रुपैयाँ संकलन गरेको छ। दोस्रो स्थानमा रहेको नेसनल लाइफले ३ अर्ब १० करोड रुपैयाँको नयाँ व्यवसाय गरेको छ ।

अन्य कम्पनीहरूमध्ये एलआईसी नेपालले १ अर्ब ६८ करोड, सूर्यज्योति लाइफले १ अर्ब ४४ करोड, सिटिजन लाइफले १ अर्ब २९ करोड, हिमालयन लाइफले १ अर्ब १६ करोड, एसियन लाइफले १ अर्ब १३ करोड, आइएमई लाइफले १ अर्ब १० करोड र सानिमा रिलायन्स लाइफले १ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, रिलायबल नेपालले ९७ करोड ४३ लाख, प्रभु महालक्ष्मीले ७९ करोड ८७ लाख, मेट लाइफले ७५ करोड ८४ लाख, राष्ट्रिय जीवन बीमाले ६१ करोड ९९ लाख र सन नेपाल लाइफले ५५ करोड १८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर