काठमाडौं। नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्यसमितिले आइतबारबाट औपचारिक रुपमा कार्यभार सम्हालेको छ । संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगाएत अन्य १६ जनालाइ एक समारोहका विच निवर्तमान सभापती किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गर्नु भएको हो ।
पदभार हस्तान्तरण कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुण राजभट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरु लाई शपथ ग्रहण गराएका थिए । भट्टले नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्रसमेत हस्तान्तरण गर्नु भएको थियो । नेपाल व्यवस्थापन संघमा प्रत्येक दुइबर्षमा नयाँकार्य समिति चयन हुने प्रावधान रहेको छ । सोही बमोजिम हालका सभापतितथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हाल्नु भएको हो ।
नवनिर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहन राजओझा र कोषाध्यक्षमा हेमाकुमारी अधिकारी निर्वाचितहुनु भएको छ । यसैगरी संघको कार्यकारी सदस्यहरुमा अनु जोशीश्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण वहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमनपोखरेल र सुमन शर्मा निर्वाचितहुनु भएको छ । संघको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिववा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने परम्परा रहेको छ । संघमा एकजना कार्यकारी निर्देशक रहने र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने परम्परा रहेको छ ।
नेपाल व्यवस्थापन संघ ४१ बर्षको इतिहास वोकेको संस्थाहो । यस संस्थामा मुलुकको नीतिगतहमा योगदान पुरयाएका कुशल व्यवस्थापक, प्रशासक र अन्यविभिन्न क्षेत्रमा योगदान पुरयाउदै आएका लब्ध प्रतिष्ठ व्यक्तित्हरु सदस्यका रुपमा आवद्ध हुनुहुन्छ । नेपालका व्यवस्थापकहरुको छाता संस्थाका रुपमा चार दशकको यात्रापार गरी सकेको संघले नेपालको सरकारको बजेट तथाकार्यक्रम, पूर्ब बजेट छलफल, मौद्रिक नीति लगाएतका गतिविधिहरु मार्फत नेपाल सरकारलाई विज्ञ समूहको रुपमा योगदान पुरयाउदै आएको छ । यसैगरी संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।