काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनी कामु सीइओका रुपमा काम गरिरहेका थिए ।
उनले गत कम्पनीले साउन १ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीइओको जिम्मेवारी पाएका थिए ।















