२०८१ माघ ११ शुक्रबार

बागलुङ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पछिल्लो समय जीवन बीमा कम्पनीको वृद्धिसँगै बीमाको दायरा थप फराकिलो भएको बताए । कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, एम्डिआरटि सिता देवि शर्मा सापकोटा, सहभागि कृष्ण खरेल, चित्र सलामीले मन्तव्य राखे ।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई र धौलागिरी क्षेत्र शाखा प्रवन्धक बलाराम कडेंलले जिवन विमाको आवश्यकता, महत्तव र नेपालमा वर्तमान समयमा जिवन विमाको अवस्थाको बारेमा सहजिकरण गरेका थिए ।

धौलागिरी क्षेत्र शाखाका प्रवन्धक बलाराम कडेंलले सञ्चालनगरेको कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईको अध्यक्षता, सानिमा लाइफ इन्स्योरेन्स गलकोट शाखाका मार्केटिङ अफिसर कृष्ण प्रसाद भट्राईले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय