
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । साधारणसभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै साधारणसभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते एक दिन बुक क्लोज गरिसकेको छ । सोही आधारमा चैत २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा सालिनी राणा शाह र डा भरत कुमार थालाई निर्विरोध निर्वाचित गरेको छ ।