२०८२ बैशाख ११ बिहीबार

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याएको हो ।

बीमा अवधि भुक्तानी पश्चात पनि जोखिम वहन गर्नु को साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो योजनाको मुख्य विशेषता हो ।

सावधिक तथा आजीवनको विशेषता रहेको यो योजना १८ वर्षदेखि ६५ वर्ष उमेर समुहकाले खरिद गर्न सक्नेछन् । यस योजनामा अन्तर्गत ऐच्छिक सुविधा अन्तर्गत एडिवी, पिटिडी र पिडब्लुबि रहेको छ । यो योजना न्युनतम ५ वर्षदेखि अधिकतम ५० वर्ष अवधिसम्मको लागि खरिद गर्न सकिनेछ । बीमा समाप्तीमा अधिकतम उमेर ७० वर्ष रहेको छ ।

बीमा शुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिनेछ । न्युनतम बीमाङ्क २५ हजार रुपैयाँ रहेको छ भने अधिकतम आफ्नो आयश्रोतको आधारमा तय गर्न पाइनेछ । यो योजना खरिद कर्ताले वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गरेमा एक प्रतिशत छुट पाउने छन् ।

अर्धवार्षिक रुपमा छुटको सुविधा छैन । यदि त्रैमासिक रुपमा बीमा शुल्क भुक्तानी गरेमा थप ३ प्रतिशत तिर्नु पर्नेछ । साथै मासिक रुपमा तिरेमा थप ६ प्रतिशत अतिरिक्त लाग्नेछ । बीमितले ऋण तथा समर्पण सुविधा पाउने छन् । ‍

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

यो जीवन बीमा योजना नाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो । बीमा अवधी समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु नै यस्को विशेषताको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर