२०८१ माघ २ बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारणसभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले बृद्धि भई रु.४ अरब नाघेको जानकारी गराइयो । कम्पनीले शाखा सन्जाल, अभिकर्ता ब्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराइयो ।

आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई रु.९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई रु.३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई रु.३,१८५ करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आथिृक वर्ष .२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी रु.४ अरब ३ करोड नाघेको छ ।

कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार Future Bonus Provisioning मा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह वोनस दर प्रदान गर्न सफल भएको छ ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत वोनश शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२ ( नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

यसैगरी सो साधारण सभावाट संस्थापक समूह क वर्ग वाट ३ जना प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ख वर्गवाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय