काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा तत् सम्बन्धित अनुसुचिहरु तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सञ्चालक समितिमा कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूहक तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित भएका छन्
लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कोभिड १९ पिडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरेको छ ।