२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले ‘क्यान इन्फोटेक २०२२’ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै क्यानले यो माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२२’ आयोजना गर्ने जनाएको हो ।

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको छ । क्यान भर्चुअल आयोजना हाम्रा लागी पनि नया हुने जनाइएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण हो ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो ।

यसको आयोजनाले कोभिड १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा महासंघको रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय