काठमाडौं । रेनोको नयाँ शोरुम लहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्देश्यले कम्पनीले त्यहाँ पनि शोरुम खोलेको हो । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबाइल्स रहेको छ ।
यसका सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लहानका अशोक लाल अमात्यको प्रमुख अतिथि, कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भयो ।
कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठले भने ‘हामी हाम्रा ग्राहकलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौं । नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ ।’
सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान बताए । यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन् । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।