
काठमाडौं । शाओमी नेपालले नेपाली बजारमा शाओमी प्याड ५ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताको अनुभव अझै उच्चस्तरमा लैजाँदै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड हो, जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्दछ ।
शाओमी प्याड ५ लेट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन-बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्छ ।
प्याड सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयोे, ‘शाओमी प्याड ५ एक अल-इन-वान ट्याब्लेट हो, जुन अनुकूल छ र आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैका रूपमा कार्य गर्छ । तपाईं घर हुँदा वा अफिस हुँदा यसको उत्पादकता अनुकूल सुविधाले तपाईं कार्यरत हुनुभएको कुरालाई सुनिश्चित गर्छ ।
बिल्ट-इनलो ब्लु लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेसाथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यानुभव प्रदान गर्छ ।’ ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेरासाथ द्रुत फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । ६ जीबी प्लस २५६ जीबीको मूल्य ४९ हजार नौ सय ९९ र ६ जीबी प्लस १२८ जीबीको मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।