२०८१ चैत्र २ शनिबार

काठमाडौं । ओपोले नेपालीहरूकोे महान् चाड बडादसैं २०७८ का अवसरमा ‘बडादसैंको लहर ओपोको अफर’ घोषणा गरेको छ । अफरअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

ओपो नेपालका ब्रान्ड निर्देशक पियरसन शेनले भन्नुभयो, ‘ग्लोबल कम्पनीका रूपमा ओपोले सधैं स्थानीयकरणमा विश्वास गर्दै आएको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो ।

यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छन् । स्थानीय महान् चाड बडादसैं उपभोक्तासँग खुसी साट्दै मनाउने सोचका साथ हामीले उपहार योजनाको घोषणा गरेका हौं ।’ योजनामा सहभागिताका लागि क्यूआर कोड स्क्यान गरी क्याम्पेन ओपोको पेजमा मागिएका जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ ।

सहभागीमध्येबाट हरेक हप्ता लक्की ड्रमार्फत् छनोटमा परेका भाग्यशाली विजेताले ओपो एफ १९ प्रो, ओपो एफ १९, ओपो ब्यान्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत आकर्षक उपहार जित्न सक्ने बताइएको छ । यो योजना अक्टोबर १८ सम्म रहने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय