
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो पाँचौं मी स्टोर संचालनमा ल्याएको छ ।
कलंकीमा अवस्थित २ सय वर्गफुटको मी स्टोरले देशमा नवीन खुद्रा उपायको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार नेपालका लागि एक विशेष माइलस्टोन हो ।
५ औँ मी स्टोर संग एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्ने उनको भनाई छ ।
यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डको निर्माण गर्नको लागी ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउँने जिकिर कम्पनीको छ ।
शाओमी नेपालले हरेक रिटेलको प्रक्रियालाई निगरानी गर्ने र पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउने पनि जनाएको छ ।