२०८१ माघ २४ बिहीबार

काठमाडौं- नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको मूल्य पनि पसलैपिच्छे फरक हुने गरेको उपभोक्ताको गुनासो रहँदै आएको छ ।

अहिले बजारमा प्रतिकेजी ८५ रुपैयाँ देखि ९५ रुपैयाँसम्म चिनिको मूल्य ब्यापारीहरुले निर्धारण गरेका छन् । एक व्यापारी आफुहरुले नै बढी मूल्य तिरेर ल्याएकाले उपभोक्तालाई चिनीको मूल्य बढी परेको बताउनुहुन्छ ।

व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गरिरहँदा बजार अनुगमनको जिम्मा लिएका निकाय भने मौन देखिएका छन् । यसको सिधा असर उपभोक्तामा परेको छ ।

यता नीजि क्षेत्रले भन्दा सस्तो मूल्यमा चिनीको बिक्रि वित्तरण गर्ने साल्ट ट्रेडिङले भने प्रतिकेजी ७९ रुपैयाँमा बिक्रि गर्दै आएको छ । आफुहरुसँग नयाँ चिनी नभएको र पुरानो स्टककै चिनीको बिक्रि गरेकाले सबैलाई दिन सक्ने अवस्था नभएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताउँनु भयो ।

सरकारसँग चिनी आयातका लागि आग्रह गरेपनि लामो समयसम्म सरकारले नसुनेको उहाँको गुनासो छ । उता उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले साल्ट्र डेडिङलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिन अर्थमन्त्रालय समक्ष सिफारिस गरेको जनाएको छ ।

सरकारले साल्ट ट्रेडिङलाई चिनिमा ५० प्रतिशत भन्सार छुट दिंदै आएका छ । यसकारण उपभोक्ताले यहाँको चिनी सस्तो मूल्यमा खरिद गर्न पाउँदै आएका छन् ।

चिनीको भन्सार मूल्य ४० प्रतिशत रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ मा २ लाख ७ हजार ५४ मेट्रिक टन चिनी आयात भएको छ । यसबाट ९ अर्ब ९६ करोड राजस्व उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय