
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालले चालु आर्थिक वर्ष एक अर्ब माथि बीमा शुल्क आर्जन गरेको छ । कोभिड–१९ को महामारीमा समेत कम्पनी अर्ब क्लबमा प्रवेश गरेको हो । कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठले सिइओ उपासना पौडेलको नेतृत्वले पहिलो वर्षनै उल्लेखनीय बीमा शुल्क वृद्धि गरेको बताएका छन ।
गत वर्ष ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग,नयाँबजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधारले सफलता हासिल गरेको पनि उल्लेख छ ।