२०८३ बैशाख ६ आईतवार

काठमाडौं। सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन्। अघिल्लो साता प्रमुख कार्यकारी अधिकृतबाट तुलसी गौतमले राजीनामा गरेपछि न्यौपानेलाई तत्काललाई ब्यवस्थापकीय नेतृत्वको जिम्मेवारी दिइएको हो। गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागू हुनेगरी स्वीकृत भएको छ। त्यही दिनदेखि न्यौपानेले नेतृत्व लिने छन्।

गौतमले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए। न्यौपाने सेञ्चुरीमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। उनलाई २०७६ असार ३० गते उनी नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए।

त्यसअघि सेञ्चुरीमै २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत थिए। न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन्। हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १७ वर्षको अनुभव भएका न्यौपानेसँग प्रमुख सूचना अधिकारीको अनुभव समेत छ। काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर