
धेरै भन्दा धेरै धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र ? जसको लागि मानिसहरू कडा मेहेनत गर्न पछि हट्दैनन । तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन । समुद्र शास्त्रमा यो बताइएको छ, कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने छैन।
-आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्नुहोस। माता लक्ष्मी को कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन।
-आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना राख्नाले तपाइसग पैसा को कमि कहिँले हुने छैन।
-पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ। भनिन्छ कि पर्समा थोरै चामल राख्नले फजुल खर्च रोकिन्छ।
-गोजीमा श्रीयंत्र राख्नले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ। यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस।
-पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ। तपाइको पैसा फजुलमा खर्च हुने छैन ।
घरमा नराख्नुहोस् यी ७ चीज, आउन सक्छ आर्थिक संकट
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुख समृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ ।खराब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसैकसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी पनि अप्रसन्न हुनुहुन्छ ।
फुटेका भाँडा
तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदोष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ । घरकी महालक्ष्मी रिसाउने कारण बन्छ ।
भाँचिएको खाट
घरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँचिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आउँछ ।
बन्द भएको घडी
बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा पूरै बि’ग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।
फुटेको ऐना
वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ ।
भाँचिएको ढोका
तपाईंको घरको मूल ढोका भाँचिएको छ भने छिट्टै मर्मत गरिहाल्नुस् । भाँ’चिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् ।
फुटेको तस्वीर
फुटेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।
भाँचिएको फर्निचर
घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर । टुटेफुटेका वस्तु घरमा साँचेर राख्दा बेकारमा वास्तु बिग्रन्छ । त्यसैले यस्ता सामान घरबाट हटाइहाल्नुस्।