२०७९ चैत्र १२ आईतवार

आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए ।

उनीसँग अहिले ४० करोडभन्दा बढीको सम्पत्ति छ । जब उनी स्कूल पढ्ने, तब धनी साथीभाइ देख्दा ईष्या गर्थे, त्यतिबेला उनी आर्थिक रूपमा सम्पन्न थिएनन् । त्यसैले उनले १५ वर्षको उमेरमै स्कूल छाडिदिए ।

स्कूल छाडेर उनले सामाजिक सञ्जाल मार्केटिङको काम गरे । उनले फेसबूक र टिकटकमा विज्ञापन प्रकाशित गराउने काम गरे । उनले भने, ‘म सधैं आफ्नै तरिकाले जिन्दगी जिउन चाहन्थे । म सदैव महत्त्वाकांक्षी छु । जतिबेला अरु साथीहरूले पुलिस, अफिसर, डाक्टर बन्ने चाहना व्यक्त गर्थे, त्यतिबेला म विश्व यात्री बन्न चाहन्थे ।’

उनले स्कूल छाडेदेखि नै मासिक १२ लाख रुपैयाँ कमाउन थालिसकेका थिए । उनले कम उमेरमै स्कूल छाड्दा शिक्षक र साथीभाइले उनलाई ‘पागल’ सम्झेका थिए । स्कूल छाडेपछि उनले पूरै ध्यान व्यवसायमा लगाए र सफल भएका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय