२०७९ चैत्र १२ आईतवार

काठमाडौं । सीजी मोटर्सले नेपाली बजारमा अब इलेक्ट्रिक ट्याक्सी पनि भित्र्याउने भएको छ । यसअघि नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको सीजीले आगामी दिनमा इलेक्ट्रिक ट्याक्सी उपलब्ध गराउने भएको हो ।

ट्याक्सी व्यवसायीलाई वातावरण मैत्री बनाउन र कम खर्चमा अधिकतम आम्दानी गर्न सहज बनाउने सोचले सिजीले अब ट्याक्सी सेग्मेन्टमा विद्युतीय सवारी ल्याउन लागेको हो । उक्त ट्याक्सीलाई एक पटकको फुल चार्जमा ३ सय किलोमिटर चलाउन सकिने बताइएको छ ।

बजारमा हाल इलेक्ट्रिक कार नेटा भीका साथै केवाईसी भी५ मिनी भ्यान बिक्री–वितरण गरिरहेको सीजी मोटर्सले मल्टी ब्राण्ड शोरुमको कन्सेप्टमा सबै किसिमको सवारीसाधन विक्री गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार अब इलेक्ट्रिक ट्याक्सी नेपाल ल्याउने तयारी गरेकाे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय