२०८२ असार २९ आईतवार

काठमाडौं । जीवन र निर्जीवन बीमामा मन्दीको संकेत देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातसंगै बीमा क्षेत्रमा मन्दी देखिन थालेको हो । कोरोना संक्रमणमा नेपालको आर्थिक अवस्था खस्कँदै गएपनि हालसम्म त्यसको असर बीमा व्यवसायमा परेको थिएन । अघिल्लो वर्षको तुलनामा गत वर्षको अन्तिम त्रैमासमा कम्पनीहरुको व्यवसाय औषतमा २५ प्रतिशतसम्मले बढेको थियो ।

तर सुस्ताउँदै गएको अर्थतन्त्रको प्रभाव गत साउनदेखि बीमा क्षेत्रमा देखिन थालेको सुचकांकहरुले देखाएको छ । चालु आवको पहिलो त्रैमासमा विगतका दुई वर्षमा देखिएको जस्तो सुधार आउन नसकेको बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको भनाई छ । कोरोनाको समयमा पनि प्रभावित नभएको बीमा क्षेत्र अहिले प्रभावित हुँदै गएकोमा क्षेत्रीले पनि सहमती जनाउका छन ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । कम्पनीहरुले ६ लाख ८३ हजार वटा बीमालेख बिक्री गरी सो प्रिमियम संकलन गरेका थिए । अघिल्लो आव अर्थात आव २०७७/७८ को सोही अवधिमा निर्जीवन बीमा व्यवसायबाट ७ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम उठेको थियो ।

गत साउनको तुलनामा भदौमा निर्जीवन कम्पनीको व्यवसाय औषतमा २४.०६ प्रतिशतले घटेको छ । बीमा समितिका अनुसार १९ निर्जीवन बीमा कम्पनीले भदौमा मात्रै ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिजनेश गरेका थिए । जुन साउनको तुलनामा एक अर्ब ७ करोड रुपैयाँले घटी हो ।

यता जीवन बीमा कम्पनीहरुको पनि व्यवसाय खस्किँदै गएको देखिन्छ । गत साउनमा १५ अर्ब ५ करोडको व्यापार भएकोमा भदौमा घटेर १० अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो । जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले जीवन बीमा कम्पनीकोे लागि चालु आवको पहिलो त्रैमास सुखन हुन नसकेको बताएका छन ।

भुक्तानी गर्न अनुमति माग

कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग अनुमति माग गरेको छ । गत भदौमा सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको थियो । जबकी १० अर्ब रुपैयाँ बीमा भुक्तानी तिर्न बाँकी रहेको छ ।

कोभिड रकम वितरण गर्नका लागि मन्त्रालयमा निर्देशन गरी पाउँ भनेर पत्र पठाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताएका छन । समितिले रकम वितरण गर्न केही निर्णयहरु सहित मन्त्रालयलाई पत्र पठाएको छ ।

उक्त निर्णयलाई निर्देशन गर्न तिहार अघिनै पत्र पठाए पनि हालसम्म कुनै जानकारी नआउको समितिले बताएको छ । समितिले पीसीआर रिपोर्ट दर्ता भएको मिति अनुसार, अनुपातको आधारमा र संघ ,संस्थाले प्रिमियम तिरेको आधारमा रकम वितरण गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय