२०८२ असार २९ आईतवार

काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को अनुपातमा बीमा प्रिमियम संकलन बढेर ३.७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बीमा प्रिमियम संकलन १६.३ प्रतिशतले बृद्धि भई एक खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संकलन एक खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

२०७९ असारमसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी र लघु म्यादि जीवन बीमालेख सहित ३९.०६ प्रतिशत पुगेको छ । २०७८ असारमसान्तमा यस्तो जनसंख्या २५.२३ प्रतिशत रहेको थियो ।

वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या २०७९ असार मसान्तसम्ममा ४२.०३ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा यस्तो जनसंख्या २७.५३ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय