२०८२ श्रावण १ बिहीबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारणससभा सम्पन्न भएको छ । कम्पनीले मर्जरको लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै आज विशेष साधारणसभा सम्पन्न गरेको हो ।

उक्त सभाले पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनोट गर्न सञ्चालन समितिलाई पूर्ण अख्तारी दिने प्रस्ताव पारित गरेको छ।

सभाले आगामी चार वर्षका लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन प्रकृयाद्वारा निर्वाचित भएका छन् । निर्वाचित संचालकहरुमा प्रदीप जङ्ग पाण्डे, सुमित कुमार अग्रवाल्, महेश स्वाँर र मनोज कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर