२०८३ बैशाख ९ बुधबार

काठमाडौं – अघिल्लो सातासम्म स्थिर रहेको अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । केही दिनदेखि डलर निरन्तर उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक डलर बराबर १३९.२१ रुपैयाँ बिक्रीदर तोकेको छ । मंगलबार यो दर १३८.९७ रुपैयाँ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत मुलुकलाई भन्सार दर बढाउने चेतावनी दिएपछि डलरको मूल्य उकालो लागेको बताइएको छ। नेपालको अर्थतन्त्र आयातमुखी भएका कारण बाहिरबाट सामान आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने भएकोले महँगो पर्ने हुन्छ। य सका कारण व्यापार घाटा बढ्न जान्छ र विदेशी मुद्राको सञ्चितिमा कमी आउने गर्छ। डलर बढ्दा रेमिट्यान्स रकम भने बढ्छ । विदेशबाट रेमिटेयान्स पठाउनेहरुलाई मात्रै यसले फाइदा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर