२०८३ बैशाख १० बिहीबार

काठमाडौं । देशको बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असार १४ गतेसम्म बैंकहरुको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७७.९१ प्रतिशतमा झरेको छ।

बैंकिङ प्रणालीमा ऋणको माग कम हुनु र निक्षेपको वृद्धिदर उच्च रहनुले तरलता थुप्रिएको देखिएको हो। आर्थिक गतिविधिमा सुस्तता कायमै रहेकाले ऋण लगानी फितलो भएको छ भने ग्राहकको बैंकमा पैसा जम्मा गर्ने प्रवृत्ति बढ्दो छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५५ खर्ब ७६ अर्ब रुपैयाँमा सीमित छ। त्यस्तै, वाणिज्य बैंकहरुको मात्रै कुरा गर्दा कुल निक्षेप ६३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४९ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ।

बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमाभन्दा झण्डै १२ प्रतिशतले तल झरेको छ, जसले निकट भविष्यमा ब्याजदर थप घट्न सक्ने संकेत देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर