२०८३ बैशाख १० बिहीबार

काठमाडाैं । पछिल्ला महिनाहरूमा मुलुककाे निर्यात व्यापार क्रमशः सुधार हुँदै गएकाे छ । चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालले १ खर्ब २७ अर्ब रुपैयाँ बढेको वस्तु तथा सेवा निर्यात गरेकाे छ ।

पछिल्लाे ४ महिनाकाे तथ्यांक हेर्ने हाे भने मुलुककाे निर्यात व्यापारमा बढाेत्तरी भएकाे देखिन्छ । चालू आर्थिक वर्षकाे कार्तिक महिनामा १४ अर्ब ३० करोड, मंसिरमा २० अर्ब ९८ करोड र पुस महिनामा २५ अर्ब ३० करोड रुपैयाँको निर्यात व्यापार भएको छ भने माघ महिनामा मात्र २९ अर्ब बढीकाे निर्यात व्यापार भएकाे छ । गत वर्षकाे माघ मसान्तसम्ममा ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर