२०८३ बैशाख १७ बिहीबार

काठमाडौं : विश्व बजार सहित नेपालमा पनि सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपालमा शक्रबार सुनको भाउ प्रति १० ग्राम १ लाख ४० हजार ९४५ रुपैयाँ पुगेको छ । सुनको भाउ विश्व बजारमा बढेसँगै नेपाली बजारमा पनि बढेको हो । पछिल्लो समय मध्पूर्वमा चर्किएको द्वन्द, अमेरिकी डलरको मजबुती, आर्थिक मन्दीलगायतका कारणले सुनको माग बढेको छ ।

साथै, धेरै देशका केन्द्रीय बैंकले सुनको भण्डारण पनि बढाएका छन् । जसले गर्दा सुनको माग बढेको हो । त्यसले गर्दा भाउमा पनि वृद्धि देखिएको हो । विभिन्न देशमा सुनको मूल्य फरक हुन्छ । सुनमा लाग्ने कर, भ्याट लगायत भन्सार शुल्क कम भएको देशमा भाउपनि कम हुन्छ । करको दर धेरै रहेको खण्डमा सुनको भाउ पनि धेरै हुन्छ ।

नेपालमा सुनको आयातमा लाग्ने भ्याट, भन्सार (कस्टम ड्युउटी) दर धेरै भएको कारण सुनको भाउपनि केही देशको तुलनामा महँगो छ । तर, विश्वका केही देशमा निकै सस्तो दरमा सुनको खरिद गर्न सकिन्छ । ती देशहरु इन्डोनेसिया, मलावी, हङकङ, कम्बोडिया दुबई, यूएई, अष्ट्रेलिया रहेको ‘फोर्ब एडभाइजर’ र ‘फाइनान्सियल एक्सप्रेस’ले जनाएका छन् । निकै सस्तो दरमा सुन पाउने देशहरुमा कति पर्छ भाउ ?

इन्डोनेसिया र अष्ट्रेलिया

इन्डोनेसियामा सुनको भाउ तुलनात्मक रुपमा सस्तो छ । त्यहाँ २४- क्यारेट सुनको मूल्य प्रतिग्राम ११ हजार ७२७ नेपाली रुपैयाँ पर्न जान्छ । यता, १० ग्राम सुनको भाउ नेपाली रुपैयाँ १ लाख १७ हजार रुपैयाँ रहेको छ । यो नेपालको तुलनामा प्रति १० ग्राम २३ हजार भन्दा कम हो । अष्ट्रेलियामा सुनको भाउ प्रतिग्राम नेपाली रुपैयाँ ११ हजार ७०० रुपैयाँ पर्न जान्छ । त्यहाँ प्रति १० ग्रामको भाउ १ लाख १७ हजार रुपैयाँ रहेको छ ।

मलावी र हङकङ

पूर्व अफ्रिकाको मुलुक मलावीमा २४-क्यारेट सुनको मूल्य १ ग्रामका लागि ११ हजार ७४० रुपैयाँ पर्न जान्छ । १० ग्राम सुनको भाउ नेपाली रुपैयाँ १ लाख १७ हजार बराबर हुन्छ । हङकङमा २४-क्यारेट सुनको मूल्य १ ग्रामका लागि ६७५ हङकङ डलर पर्न जान्छ । जुन नेपाली रुपैयाँ ११ हजार ७३० रुपैयाँ पर्छ ।

कम्बोडिया र दुबई, यूएई

कम्बोडियामा पनि सुनका भाउ अरु देशको तुलनामा सस्तो छ । १४ अक्टोबरमा २४-क्यारेट सुनको मूल्य १ ग्रामका लागि ३ लाख ५४ हजार (कम्बोडियन रियल) छ । जुन नेपाली ११ हजार ७७८ रुपैयाँ पर्न जान्छ । दुबईमा कर-मैत्री नियमहरुको कारण यूएईमा सबैभन्दा सस्तो सुन पाइन्छ । दुबईमा २४-क्यारेट सुनको मूल्य १० ग्रामका लागि नेपाली रुपैयाँ १ लाख १७ हजार रुपैयाँ पर्छ ।

यी देशहरुमा सुनको भाउ सस्तो हुनुको कारण

– कम कर र शुल्क : यी देशहरुमा सुनको किनमेलमा कर, आयात शुल्क र भ्याट कम हुन्छ । उदाहरणको लागि युएईमा ५ प्रतिशत भ्याट छ । तर हङकङमा सुनमा कुनै भ्याट छैन । जसले गर्दा सुनको भाउ कम पर्न जान्छ ।

– उच्च माग र बजार प्रतिस्पर्धा : उच्च सुनको माग भएका देशहरु, जस्तै युएई र हङकङमा ग्राहकहरुको लागि प्रतिस्पर्धा गर्ने धेरै सुनको व्यापारी र आभूषण बिक्रेता हुन्छन् । यो प्रतिस्पर्धाले ग्राहकहरुलाई आकर्षित गर्नका लागि बिक्रेताहरुले मूल्यहरु घटाउँदा सस्तो मूल्यमा परिणाम दिन सक्छ ।

– स्थापित सुनका बजार : हङकङ र दुबईजस्ता क्षेत्रहरुमा राम्रोसँग स्थापित सुनको बजार छन् । जसमा बलियो व्यापार संरचनाहरु हुन्छन् । यसले उनीहरुलाई सुनको स्रोतमा अधिक प्रभावकारी र राम्रो मूल्यहरु पाउन सक्षम बनाउँछ । जसले उपभोक्ताहरुलाई सस्तो मूल्यमा बिक्री गर्न मद्दत गर्दछ ।

– स्थानीय उत्पादन र स्रोतहरु : अष्ट्रेलिया र इन्डोनेसियामा स्थानीय सुन खानी सञ्चालनहरुले प्रतिस्पर्धात्मक मूल्य निर्धारणमा योगदान गर्न सक्छन् । जब देशमा सुन उत्खनन् हुन्छ भने सुनको भाउ सस्तो हुन जान्छ । यसले आयात र सम्बन्धित लागतमा निर्भरता घटाउँछ ।

– मुद्रा विनिमय दरहरु : मुद्रा विनिमय दरहरुको उतारचढावले पनि स्थानीय सुनको मूल्यमा प्रभाव पार्न सक्छ । उदाहरणको लागि यदि कुनै देशको मुद्रा अमेरिकी डलरको तुलनामा बलियो छ भने स्थानीय मुद्रामा सुनको मूल्य सस्तो देखिन सक्छ ।

– नियामक वातावरण : सुनको व्यापारलाई सजिलो बनाउन र लागत घटाउन अनुकूल नियामक वातावरणले सहयोग पुर्याउन सक्छ । सुनको व्यापारलाई अनुकूल नियमहरुद्वारा प्रवर्द्धन गर्ने देशहरुले प्रतिस्पर्धात्मक बजार सिर्जना गर्न सक्छन् ।

यी कारकहरुले मिलेर सुनलाई सस्तो मूल्यमा बिक्री गर्नका लागि वातावरण सिर्जना गर्दछन् । जसले उच्च कर, कम बजार प्रतिस्पर्धा वा कमजोर माग भएका देशहरुको तुलनामा यसलाई सस्तो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर