२०८२ कार्तिक ६ बिहीबार

काठमाडाैं । गत आर्थिक वर्ष २०८०/८१ माबिमा पाेलिसी सरेन्डर अथवा बिमालेख बन्द गर्ने बिमितको संख्या १८ प्रतिशतले बढेको छ ।नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष एक लाख १३ हजार ९ सय ७६ जना बिमितले आफ्नो बिमा पोलिसी सरेन्डर गरेका छन् ।

अघिल्लो आव ०७९/८० मा ९६ हजार ९ सय ३८ वटा पोलिसी बन्द भएका थिए । त्यसअघि आव ०७७/७८ मा ६३ हजार ३ सय ३१ र आव ०७८/७९ मा ८१ हजार ८ सय ६० जनाले पोलिसी बन्द गरेका थिए ।

यस्तै गत आर्थिक वर्ष रकमका आधारमा पोलिसी सरेन्डर ९ प्रतिशतले बढेको छ ।गत आवमा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । अघिल्लो आव ०७९/८० मा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर