२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । गत आर्थिक वर्ष २०८०/८१ काे तेस्राे त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशतमा खुम्चिएकाे छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही त्रैमासको तुलनामा भएको कुल गार्हस्थ उत्पादनको वृद्धिदर हो । आव २०७९/८० को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २।५ प्रतिशत थियो ।

कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएकाे छ । यस अवधिमा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ ।

यस अवधिमा निर्माण क्षेत्र सबैभन्दा धेरैले ११ दशमलव २ प्रतिशतले ऋणात्मक बनेकाे छ । यस्तै व्यापार क्षेत्र २ दशमलव ७ प्रतिशतले,निर्माण क्षेत्र ११ प्रतिशत, उत्पादनमूलक उद्योग २ प्रतिशत र खानी तथा उत्खनन् क्षेत्र ४ दशमलव ८ प्रतिशतले ऋणात्मक बन्न पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर