
काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा ३६ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार ४ वटा लघु बिमा कम्पनीसहित १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३६ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
यसअवधिमा कुल जारी बिमालेखको संख्या २७ लाख १३ हजार ७१ रहेको छ । कुल बिमा शुक्लमध्ये ४ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा २३ करोड ९१ लाख रुपैयाँ मात्र रहेको छ । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सगरमाथा लुम्बिनीले ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।
यस्तै, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले पनि ३ अर्ब माथि बिमा शुल्क संकलन गरेका छन् । यता, नेको, युनाइटेड अजोड, एनएलजी र सानिमा जीआईसी इन्सुरेन्सले २ अर्ब माथि बिमा शुल्क संकलन गरेका छन् । वैशाख महिनामा मात्रै निर्जीवन बिमा कम्पनीहरुले २ लाख ३४ हजार ३४४ वटा बिमा लेख जारी गरेका छन् ।