२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ ।

यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० अर्ब भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

विभागका अनुसार जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

यस्तै सरकारले वैदेशिक लगानी भित्र्याउन चालु आवबाटै सञ्चालनमा ल्याएकाे अटोमेटिक रुटबाट जेठसम्म ११ अर्ब ८१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर