२०८३ बैशाख १७ बिहीबार

काठमाडौं – वैशाखमा पनि घरजग्गा कारोबारमा सुधार आउन सकेको छैन। सो महिना देशभर ४९ हजार ७ सय ८२ संख्यामा घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। कारोबार बढ्न नसकेपछि राजस्वमा पनि असर परेको छ। वैशाखमा सरकारलाई घरजग्गा कारोबार बापत तीन अर्ब ८६ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

विभागको तथ्यांक अनुसार यो अघिल्लो महिनाको तुलनामा कारोबार संख्या र राजस्व दुवै न्यून हो। चैतमा देशभर ५० हजार दुई सय ५२ संख्यामा घरजग्गा किनबेच भएको थियो। सो बापत सरकारलाई तीन अर्ब ९४ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर