२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं : नेपाल धितोपत्र बोर्डले जेठ १ गतेदेखि लागू गर्न लागेको नयाँ ब्रोकर कमिसन दर सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिसन घटाएको हो । नयाँ कमिसन अन्तर्गत जेठ १ गतेदेखि संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ ।

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने जनाएको छ । २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्छ । त्यस्तै, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ ।

यसअघि नेपाल धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोेपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३% देखि ६०% सम्मले घटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर