२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंक र डिजिटल करेन्सीको अवधारणा अघि सारेको छ । नेपालको अनौपचारिक अर्थतन्त्रलाई व्यवस्थित गरी पारदर्शिता अभिवृद्धि गर्ने उदेश्यसहित राष्ट्र बैंकले परम्परागत बैंकिङ प्रणलीलाई डिजिटल माध्यमबाट प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन, प्रतिस्प्रधा बढाउन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न डिजिटल बैंकको अवधारणामा अगाडी बढ्नु पर्ने राष्ट्र बैंकको धारणा छ। नेपालमा डिजिटल बैंक तथा करेन्सीको चर्चा चलिरहँदा डिजिटल बैङ्क कस्तो हुन्छ भन्ने चासोको विषय बनेको छ । नेपालमा अहिले बैंकहरु भौतिक रुपमा सञ्चालनमा छन् । बैंकिङ सेवा लिन सेवाग्राहीले अझै पनि भौतिक रुपमा नै उपस्थित हुनुपर्छ । अर्कोतिर नेपालबाट नोटको छपाइ तथा ढुवानीमा ठूलो रकम बाहिरिने गरेको छ । यस्तोमा अन्तराष्ट्रिय स्तरमा विकास भइरहेको सेन्ट्रल बैंक डिजिटल करेन्सीको अवधारणा लागु गरिए पनि परम्परागत बैंकिङ प्रणलीलाई प्रतिस्थापन गर्न समय लाग्ने बताइएको छ ।

यता पछिल्लो समय नेपालमा विद्युतिय भुक्तनी कारोबार बढ्दै गएको छ । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतिय भुक्तानी शुरु भएको छ भने सरकारले भारतिय नागरिकका लागि नेपालमा डेविट कार्ड तथा क्युआर कोर्डका माध्यमबाट भुक्तानी शुरु गरिसकेको छ। यद्यपी भारतमा रहेका नेपालीहरुले सहज रुपमा अन्तरदेशीय कारोबार गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले सो व्यवस्था अघि बढाएको छ ।

पछिल्लो समय नेपालमा डिजिटल कारोबार र भुक्तनी बढ्दै गए पनि विशेष गरी ग्रामीण क्षेत्रमा अधिकाशै उपभोक्तमा वित्तिय साक्षरताको अवस्था चिन्ताजनक छ । कतिपय शिक्षित व्यक्तिहरुमा समेत वित्तिय जोखिम, कर व्यवस्थापन, कर्जा सदुपयोगमा यथेष्ट ज्ञानको अभाव देखिन्छ । बैंक खाता खोल्ने, कर्जा माग गर्ने तथा बैंकले प्रदान गर्दै आएको सुविधा तथा करछुट स्कमिहरु उपभोग गर्नबाट समेत अधिकांश नागरिक बञ्चित हुने गरेका छन् । यस्तोमा नागरिकलाई डिजिटल कारोबारमा सचेत गराउने उद्देश्यले नेपाल राष्ट्र बैंकले २०७९ पुस देखि नै ‘डिजिटल वित्तीय साक्षरता अभियान’ शुरु गरेको गरिसकेको छ । डजिटिल कारोबारमा सुरक्षासँग सम्बन्धीत जोखिम बढीरहेको हुँदा उपभोक्ताहरुलाई कारोबार गर्दा सजकता अपनाउन आग्रह गरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मोबाइल बैंकिङमार्फत २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कनेक्ट आईपीएसबाट ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख, क्यूआर पेमेन्टबाट ४२ अर्ब ५६ करोड, पीओएसबाट ५ अर्ब १८ करोड ९० लाख र ई–कमर्सबाट ६० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। यस अवधीमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर