२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ। २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका हुन् ।

धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।

रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए। लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर