काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यपार गरेका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २१ लाख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत ३० अर्ब बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्द धेरै बीमाशुल्क शिखर ईन्स्योरेन्सले संकलन गरेको छ । शिखरले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी, सिद्दार्थ ईन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख र हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।















