२०८३ बैशाख ५ शनिबार

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनलाई माघ २४ गतेबाट लागु हुनेगरी चार वर्षका लागि सिइओ पदमा नियुक्त गरिएको हो । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर