२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकले माघ १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। पुसको तुलनामा माघमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२४ प्रतिशतले घटेर ८.१६७ प्रतिशतमा झरेका छन ।

त्यस्तै संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ०.७६४ प्रतिशतले घटेर ६.१३ प्रतिशतमा झरेका छन् । एनएमबी बैंक र एभरेष्ट बैंकले पुसको ब्याजदरलाई निरन्तरता दिएका छन्। अन्य १८ वाणिज्य बैंकले पुसको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटाएका हुन्।

माघको लागि मुद्दतीमा पैसा राख्दा सिटिजन्स बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेप पैसा राख्दा अधिकतम ९.१५ प्रतिशतसम्म ब्याज दिने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर