गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको ४१४ औं बैठकले तुलाधरलाई दोस्रो कार्यकालका लागि आगामी ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव स्वयम्भू शाक्यले जानकारी दिए ।
कम्पनीका अनुसार तुलाधरलाई२०८० माघ २ गतेदेखि लागू हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो उनको हालको पहिलो कार्यकाल २०८० माघ १ गते सकिँदै थियो । उनी २०७६ माघ २ गतेदेखि ४ वर्षका लागि करार सेवामा सीईओमा नियुक्त भएका थिए ।















