काठमाडौं : विदेश पढ्न जानेका लागि मुद्रा सटही सुविधा बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरुलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै विदेशी मुद्रा सटही सुविधा बढाएको हो । जसअनुसार अब उच्च शिक्षा हासिल गर्न जाने नेपालीहरूका लागि क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरुका लागि १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि यस्तो मुलुकहरुका लागि १० हजार अमेरिकी डलरसम्मको सटही सुविधा रहेको थियो ।यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १५ सय वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
तर भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क सकंलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर १५ सयको सीमाले बाधा नपुग्ने केन्द्रीय बैंकले जनाएको छ ।















