२०८३ बैशाख २० आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरेको हो ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेकाे राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जानकारी दिएकाे छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बैंकबाट नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई खारेज गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय–नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर