२०८३ बैशाख २० आईतवार

काठमाडौं । सडक बोर्ड नेपालले सडक मर्मतका लागि गत वर्ष ११ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ। शुक्रबार सडक बोर्ड नेपालको २० औं वार्षिकोत्सवको अवसरमा बोर्डले गत वर्ष सडक मर्मतको लागि ११ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको जनाएको छ।

सडक बोर्ड नेपालले सडक मर्मतसम्भारको काम गर्छ। गत वर्ष बोर्डलाई सडक मर्मतको लागि १४ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। बोर्डका अनुसार रणनीतिक सडक मर्मतसम्भारमा विभिन्न सडक डिभिजनहरुले १० अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन्।

यस्तै, हेभी इक्विपमेन्ट डिभिजनले ५ करोड ४४ लाख, यान्त्रिक कार्यालयले २ करोड ३५ लाख, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले १ करोड ३७ लाख र अन्य सडक विभाग, आयोजनाहरु तथा तालिम केन्द्रहरुले २० करोड ४३ लाख रुपैयाँ खर्च गरेका छन्।

बोर्डले गत वर्ष रणनीतिक सडकमा पर्ने नियमित मर्मत ७ हजार ८८२ किलोमिटर, पटके मर्मत ५ हजार १४५ किलोमिटर, आवधिक मर्मत ३०० किलोमिटर, पुर्स्थापना तथा पुनर्निर्माण मर्मत ३० किलोमिटर सडक मर्मतसम्भारको काम सम्पन्न गरिएको जनाएको छ।

यस्तै स्थानीय सडक मर्मतको लक्ष्य १० हजार किलोमिटर राखिएको थियो। तर बोर्डले गत वर्ष ३ हजार किलोमिटर सडक मात्रै मर्मतसम्भार गरेको छ। यसमा भने बोर्डले लक्ष्य भेटाउन सकेन। यसमा कालोपत्रे, ग्राभेल तथा अन्य सडक मर्मतसम्भार गर्नुपर्ने थियो।

बोर्डलाई सरकारले ६ अर्ब ८८ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। यस्तै सडक दस्तुर संकलनबाट ३ करोड ४७ लाख, ब्याजबाट २७ करोड ९१ लाख, अन्य क्षत्रबाट १९ करोड रुपैयाँ उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर