काठमाडौं । नेपालीहरुले चालू आर्थिक वर्षको पहिलो महिना विदेश भ्रमणमा १० अर्ब बढी रकम खर्च गरेका छन् । यस्तो खर्च चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा ८३.८ प्रतिशतले वृद्धि भइ १० अर्ब ५ करोड पुगेको हो । अघिल्लो वर्षको साउन महिनामा यस्तो खर्च ५ अर्ब ४७ करोड रहेको थियो ।
चालू आर्थिक वर्षमा खर्च भएको १० अर्बमध्ये ७ अर्ब १३ करोड रुपैयाँ शिक्षा तर्फ खर्च भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष सोही अवधिमा शिक्षातर्फको खर्च ३ अर्ब ४७ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ११ अर्ब ६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई रु.२ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो रहेको थियो ।















