काठमाडौं । पछिल्लो समय सार्वजनिक ऋण बढिरहेको बेला सरकारले एकैवर्षमा करिब तीन खर्ब ऋण लिर्दैछ । आगामी वर्ष सरकारले बजेटको स्रोतपूर्ति गर्न ३ खर्ब वैदेशिक ऋण लिन लागेको छ । सरकारले ऋण लिने दाताहरु विश्व बैंक, एशीयालि विकास बैंक, अन्तराष्ट्रिय मुद्रा कोषसहितका निकायहरु हुन ।
सरकारले यी निकायहरुबाट २०७९/८० मा ५५ अर्ब ४६ करोड रुपैयाँ अनुदान लिर्दैछ भने र २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ ऋण लिर्दैछ । सरकारले पछिल्लो समय अनुदानमा भन्दा बढी सरकार ऋण प्राप्तिमा जोड दिएको देखिन्छ ।
आगामी आर्थिक वर्ष बहुपक्षीय ऋणदातातर्फ एसियाली विकास बैंक नेपालले सबैभन्दा बढि अर्थात १ खर्ब ८ अर्ब वैदेशिक सहयोग लिर्दैछ, सरकारले । जसमध्ये ३ अर्ब ७१ करोड अनुदान र १ खर्ब ४ अर्ब ६३ करोड रुपैयाँ ऋण हो ।
त्यस्तै, एडीबीपछि विश्व बैंकबाट सबैभन्दा बढि वैदेशिक सहयोग लिर्दैछ । ३ अर्ब ४३ करोड अनुदान आगामी वर्ष विश्व बैंकबाट सरकारले लिर्दैछ भने ८१ अर्ब ६८ करोड ऋण गरी करिब ८५ अर्ब १२ करोड वैदेशिक सहायता एडीबीबाट लिर्दैछ ।
त्यस्तै, विश्व बैंकबाट नेपालले यस आवमा कुल ८५ अर्ब १२ करोड रुपैयाँ सरकारले लिर्दैछ । जसमध्ये ३ अर्ब ४३ करोड रुपैयाँ अनुदान र ८१ अर्ब ६८ करोड रुपैयाँ ऋण लिने तयारी छ ।
अनुदानतर्फ अमेरिकी सहयोग एमसीसीबाट सबैभन्दा धेरै ८ अर्ब ९१ करोड सरकारले लिर्दैछ भने भारतबाट ८ अर्ब ५३ करोड,चीनबाट ३ अर्ब रुपैयाँ सरकारले ऋण लिर्दैछ ।
आगामी वर्षमा ठूलो सहयोग गर्ने बहुपक्षियदाताहरुको सूचीमा युरोपेली युनियन, इयु, ओपेक, सयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष छन भने विभिन्न देशहरुसँग सिँधै ऋण लिने सरकारी तयारी छ ।
अर्थमन्त्रालयका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि स्रोतको जोहो गर्न भारत, चीन, फिनल्याण्डसहितका देशहरुबाट सबैभन्दा बढि अनुदान र ऋण लिने तयारी गरेको छ ।
भारतबाट अनुदान ८ अर्ब ५३ करोड लिर्दैछ भने ९ अर्ब ५२ करोड ऋण गरी १८ अर्ब ५ करोड वैदेशिक सहायता सरकारले लिर्दैछ । यस्तै, ३ अर्ब अनुदान चीनसँग लिने तयारी गरेको सरकारले ५ अर्ब ३० करोड ऋण लिने सरकारको तयारी छ । यस्तै आगामी वर्ष ९ अर्बबढि अमेरिकाबाट अनुदान ल्याउने सरकारको लक्ष्य छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले दातृ निकायबाट लिने ऋणको रेसियो ०.१ देखि २.२५ प्रतिशतसम्ममा विभिन्न दातृ निकायबाट लिने गरेको छ । एडीबीले दिने ऋणको १ प्रतिशतदेखि १.५ हुने गरेको छ भने ओएफडी, कुबेतले नेपाललाई २.२५ प्रतिशतको ब्याजदरमा ऋण दिने गरेका छन ।















