२०८१ मंसिर २२ शनिबार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिट एण्ड मेडिकल इन्ष्टिच्युट बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिट एण्ड मेडिकल इन्ष्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म चिरायु नेशनल हस्पिट एण्ड मेडिकल इन्ष्टिच्युटबाट नगदरहित हस्पिटलाईजेशसन सुविधा प्राप्त गर्न सकिने छ ।

सो अवसरमाआइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु नेशनल हस्पिट एण्ड मेडिकल इन्ष्टिच्युटले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशसनसेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय