२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । अधिकांश उपभोगका लागि अन्य मुलुकमा नै निर्भर हुँदा चुलिएको आयातका बीच नेपालले गर्ने निर्यातको आँकडा पनि दुई खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपालबाट चालु वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात् भएको भन्‍सार विभागको तथ्यांकले देखाएको छ। यो निर्यात हालसम्मकै उच्च हो।

अघिल्लो आवको समान अवधिको आँकडासँग तुलना गर्दा निर्यात ५३.३ प्रतिशतले बढेको छ। आर्थिक वर्षको यो अन्तिम महिनामा १५ अर्बको निर्यात गर्न सके नेपालले दुई खर्ब रुपैयाँको निर्यात् पुर्‍याउन सक्नेछ।

भन्सार विभागका अनुसार, चालु वर्षको ११ महिनामा कुल आयात भने १७ खर्ब ६३ अर्ब रुपैयाँको पुगेको छ। यो पोहोरभन्दा साढे २७ प्रतिशत बढी हो।

निर्यात बढेको भए पनि कुल व्यापारमा यसको हिस्सा अत्यन्त कम छ। अर्कोतर्फ पेट्रोलियम पदार्थको मूल्य अन्तरराष्ट्रिय बजारमा नै अत्यासलाग्दो गरी बढेको छ। यसकारण चालु वर्ष व्यापार घाटा १५ खर्ब ८७ अर्ब पुगेको छ। यो पोहोरको भन्दा २५ प्रतिशतले बढी हो।

यो वर्ष सबैभन्दा धेरै एक खर्ब ४५ अर्ब को डिजल आयात भएको छ। यस्तै, पेट्रोल ६२ अर्ब ९१ करोडको आयात भएको छ। ग्यास ६९ अर्ब १६ करोडको आयात भएको हो।

यसैगरी, सुन २६ अर्ब बराबरको आयात भएको छ। आयात धेरै हुने अन्य वस्तुहरुमा पाम, सन्फ्लावर र सोयाबिन तेल रहेका छन्। यस्तै, निर्यात हुने धेरै वस्तुहरुमा पनि पाम, सोयाबिन, सनफ्लावर तेल अगाडि छन् भने यसपछि अलैंची र विविध किसिमका धागो रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय