२०८२ श्रावण २ शुक्रबार

एमएमबी क्यापिटलले आयोजना गरेको पूँजीबजार लगानीकर्ता सचेतानामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार गल्छी धादिङमा उक्त कार्यक्रम गरिएको थियो ।

एनएमबी क्यापिटलले विद्यार्थी, शिक्षकहरु तथा मुल्कोट क्षेत्रका स्थानियहरुको उपस्थितीमा प्रशिक्षण दिइएको थियो । व्यापार अधिकृत प्रमुख कमल प्रसाद नेपाल, कोष व्यवस्थापन प्रमुख आशिष राज पाण्डे, एनएमबी सर बचत कोषका योजना प्रबन्धक प्रतिल कोजु र कोष प्रबन्धक मन्दिप अधिकारीले प्रशिक्षण दिएका हुन् ।

पूँजीबजारसँग सम्बन्धित विभिन्न जिज्ञासाको जवाफ दिइएको थियो । एनएमबी क्यापिटलले देशका विभिन्न स्थानमा आउँदा दिनमा यस्ता थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर