काठमाडौं । विश्वका सबैभन्दा दिगो सहरहरूको सूची सार्वजनिक गरिएको छ। जसमा विश्वका सबैभन्दा दिगो सहरहरूको पहिलो र्याङकिङमा नर्वेको ओस्लो सहर पर्न सफल भएको छ। एउटा नयाँ प्रतिवेदनले न्यून-कार्बन उत्सर्जन हुने पूर्वाधार, व्यावसायिक यातायात र व्यापारिक पूर्वाधारमा लगानी लगायतका कारकहरूलाई ध्यानमा राख्दै विश्वका सबैभन्दा दिगो सहरहरू सूचीकृत गरेको छ।
आर्काडिस सस्टेनेबल सिटीज इन्डेक्स २०२२ ले नर्वेको ओस्लो सहरलाई सबैभन्दा दिगो सहरको रूपमा सूचीकृत गरेको हो। त्यसपछि दोस्रोमा स्वीडेनको स्टकहोम, तेस्रो स्थानमा जापानको टोकियो, डेनमार्कको कोपेनहेगन र जर्मनीको बर्लिन छन्।
बाँकी शीर्ष १० मा लन्डन, सिएटल, पेरिस, सनफ्रान्सिस्को, र एम्स्टर्डम छन्। सूचकांकले सहरहरूलाई दिगोका तीन स्तम्भहरूमा मान्यता दिन्छ। जसमा मानिसहरूको जीवन स्तर, विकास र त्यसबाट नाफा कति कमाइरहेका छन्। यसले अरु २६ अलग-अलग सूचकहरूमा ५१ वटा विभिन्न मापनहरू समावेश गर्दछ।
‘पछिल्लो दुई वर्षमा विश्वव्यापी परिवर्तन द्रुत रुपमा भएको छ। सहरहरू परिवर्तन भएसँगै आर्काडिसको सस्टेनेबल सिटिज इन्डेक्स तिनीहरूसँगै परिवर्तन भएको छ,’ पिटर होगले भनेका छन्। उनी युकेका सहरी निर्देशक हुन।
उनका अनुसार हामी सहरी विकास र मानिसहरुको जीवन स्तरका साथै नाफामा पहिलेको भन्दा अहिले बढी फोकस गर्छौं। यसले हामीलाई सहरको आर्थिक कार्यसम्पादनभन्दा बाहिरको वास्तविक समृद्धिको मूल्यांकन गर्न अनुमति दिएको छ। यसले विश्वव्यापी परिवर्तनको दिशामा गइरहेको झल्काउँछ।
‘जीवनको गुणस्तर सुधार गर्ने हाम्रो स्थायीत्व र त्यसका लागि प्रतिबद्धताको साथ अगाडि बढ्ने सोच सहितको परवर्तन विश्वमा अभ्यास गरिएको छ,’ उनले भने।